विश्व प्रसिद्ध लिङलङ टायर नेपाली बजारमा

काठमाडौँ । विश्व प्रसिद्ध कम्पनी लिङलङ ब्रान्डका टायर नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि आधिकारिक वितरकको रूपमा डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले लिङलङ टायर बिक्री–वितरण गर्ने भएको छ ।

सोमबार एक कार्यक्रमका बिच सो टायरको औपचारिक रूपमा उद्घाटन गरिएको छ । केही महिना पहिले नै डेल्टा डिष्ट्रिब्युटर्स आधिकारिक वितरकको रूपमा तोकिएको भए तापनि लकडाउनका कारण हाल टायर नेपाल आइपुगेको हो ।

सन् १९७५ मा स्थापित सान्डोङ लिङलङ टायर कम्पनी लिमिटेड चीनको अत्यधिक टायर उत्पादन गर्ने कम्पनी मध्ये एक हो । चीन र थाइल्यान्डमा यसका उत्पादन प्लान्टहरू रहेका छन् । विश्वका १ सय ८० देशहरूमा यी टायर बिक्री–वितरण हुन्छन् । विश्वमा अत्यधिक बिक्री हुने १० टायर कम्पनी मध्ये लिङलङ पनि पर्छ ।

डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो चरणमा कार तथा ट्रक बस सेगमेन्टमा प्रयोग हुने टायर बिक्री–वितरण गर्ने जानकारी निर्देशक विक्रम सिंघानियाले दिए । नेपाली सडक सुहाउँदो टायर भएकाले यसले राम्रो बजार हिस्सा लिने विश्वास लिइएको निर्देशक सिंघानियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *