कोरोना महामारीमा एनसीएचएलको करिब तीन करोड सहयोग

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई गरी रु २ करोड ९१ लाख २० हजार भन्दा बढी सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर आफ्नो प्लेटफर्म मार्फत क्राउडफन्डिङ्ग र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको हो ।

लकडाउन सुरुभएदेखि एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आइरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले रु २३,४०९,२४३ रुपैयाँभन्दा बढिको प्रत्यक्ष योगदान गरिसकेको छ ।

एनसीएचएलले हालसम्म“नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि रु ४,०१९,४४८ रुपैयाँ सङ्कलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कोरोना उपचार कोषमा रु १७ लाख सहयोग गरेको छ । जसमध्ये १० लाख केन्द्रीय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१लाख सहयोग प्रदान गरेको छ ।

सर्वसाधारण र व्यवसायहरू वर्तमान महामारीको स्थितिबाट निकै प्रभावित छन् । यस्तो अवस्थामा कारोबार शुल्क मात्र आम्दानीको मुख्य श्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्ने निर्णय लिएको हो । एनसीएचएलले महामारी विरुद्धको लडाइँमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू लागू र संचालनगर्न नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *