कोरोना रोकथामका लागि सिटिजन्स बैङ्कको ५५ लाख सहयोग

काठमाडौँ । कोरोना भाइरस(कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले हालसम्म कूल रु ५५ लाखको आर्थिक सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सरकारले घोषणा गरेको ‘कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब रु ६ लाख गरी हालसम्म कुल रु ५५ लाखको सहयोग गरेको बताएको छ ।

आज पाचौं विशेष साधारण सभा बैङ्क सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । बैङ्कले सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी नयाँ विधिको प्रयोग गर्दै डिजिटल प्लेटफर्म जुम मार्फत पाचांै विशेष साधारण सभा सञ्चालन गरेको थियो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सहयोगी विकास बैङ्क लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव पारित भएको हो । सभाले सहयोगी विकास बैङ्क लिमिटेड र सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड बिच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन पनि गरेको छ ।

जेठ २६ गते सम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैङ्क लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ८७ अर्व ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रु. ७९ अर्व ६२ करोड रुपैयाँ पुग्ने बैङ्कले जनाएको छ । प्राप्ति पश्चात् बैङ्कको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडको चुक्ता पुँजी ८ अर्व ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्व ८ करोड रुपैयाँ हुने छ ।

सहयोगी विकास बैङ्क लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर (१ः०.९१७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

यसै बिच, जनकपुरमा केन्द्रीय कार्यालय रहेको सहयोगी विकास बैङ्क लिमिटेडको पनि यहीँ २४ गते, शनिवार विशेष साधारण सभा सम्पन्न भएको थियो । सहयोगी विकास बैङ्क लिमिटेडलाई सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ ।

दुवै बैङ्कको विशेष/वार्षिकसाधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडलाई सहयोगी विकास बैङ्क लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो । यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैङ्क लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरू भइरहेको सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए ।

यहीँ जेठ २६ गते सम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैङ्क लिमिटेडलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ८७ अर्व ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी रु. ७९ अर्व ६२ करोड रुपैयाँ पुग्ने बैङ्कले जनाएको छ । प्राप्ति पश्चात् बैङ्कको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकइन्टरनेसनल लिमिटेडको चुक्ता पुँजी ८ अर्व ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्व ८ करोड रुपैयाँ हुने बैङ्कको दाबी छ ।

धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैङ्क लिमिटेडले १४ वटा शाखाहरूबाट बैंकिंग सेवाहरू प्रदान गर्दै आएको थियो । यी पाँच जिल्लामा हाल सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको ९ वटा शाखाहरू सञ्चालनमा रहेकोमा यस बैङ्कको प्राप्तिसँगै २३ वटा शाखाहरू सञ्चालनमा आउने भएका छन् ।

बैङ्कले लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवाहरू नगद राख्ने झिक्ने, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *