कर्णालीमा कोरोना संक्रमित संख्या ६७१ पुग्यो, फेरि थपिए २० जना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ६७१ पुगेको छ । आज (मंगलबार) थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६७१ पुगेको हो ।

सल्यानका १३ जना, सुर्खेतका ५ जना र जुम्लाका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

डा. तिवारीका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =