काेराेनाकाे पिसिआर रिपोर्ट नेगेटिभ देखिएका युवककाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ देखिएका महोत्तरीका एक व्यक्तिको मृत्यु भएको छ ।

गौशाला नगरपलिका–१० बटौलेका ४० वर्षीय पुरुष शनिबार कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि क्वारेन्टाइनबाट घर फर्किएका थिए । घर पुगेको एक दिन नबित्दै उनको आइतबार राति मृत्यु भएको हो ।

ती व्यक्ति गत जेठ ६ गते भारतको हरियाणाबाट आएका थिए । उनलाई गौशाला नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका ती पुरूषसहित २६ जनाको स्वाब संकलन गरी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित २० जनालाई घर पठाइएको थियो ।

मृतक व्यक्तिको पुनः परीक्षणका लागि स्वाब संकलन गरी दाहसंस्कार गरिसकिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार मृतक पुरुष अत्यधिक मदिरा सेवन गर्थे । खाना समेत नखाई मदिरा मात्रै सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने उनको आशंका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =