थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं । आज (आइतबार) थप २१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लामा गरी थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । संक्रमितमध्ये हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । हाल २ हजार ९ सय ६८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् भने उपचारपछि निको हुनेको संख्या ४६७ जना पुगेको छ ।

प्रदेश १ मा २५९, प्रदेश २ मा १ हजार १६१, बागमती प्रदेशमा ९२, गण्डकी प्रदेशमा १११, प्रदेश ५ मा १ हजार ८१, कर्णाली प्रदेशमा ६३३ र सूदुरपश्चिम प्रदेशमा १११ जना संक्रमितहरु रहेका छन् । ७७ जिल्लामध्ये ७१ जिल्लामा काेराेना संक्रमण फैलिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *