स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. गौतम इन, देवकोटा आउट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिइएको छ । स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई हटाएर उनको जिम्मेवारी डा. गौतमलाई दिइएको हो ।

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए ।

यसअघि गौतम परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए भने देवकोटा कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

अहिले उनलाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *