तौल घटाउन कतिबेला खाना खाँदा राम्रो ?

तौल घटाउन मानिसले अनेक उपाय अपनाउँछन् । तरपनि उनीहरुको चाहना पुरा हुँदैन । तौल कम गर्नु एउटा लामो प्रक्रिया हो जसमा तपाईंले व्यायाम गर्नु, सही भोजन गर्नु र केही जीवनशैलीका बानी जस्तै मद्यपान, धुम्रपान लगायतबाट छुटकारा पाउनुपर्छ ।

त्यस्तै खानपानमा पनि विचार पुर्याउनुपर्छ । तौल कम गर्न चाहनेहरुले दिनको एक विशिष्ट समयमा खाना खानुपर्ने हुन्छ । कुनै पनि समयमा जे पनि खाँदा तपाईंको तौल कुनै पनि हालतमा नियन्त्रण हुन सक्दैन । क्लोरीलाई प्रभावकारी तरिकाले बर्न गर्नका लागि तपाईंले कहिले खाने र कहिले नखाने भन्ने कुरा राम्रोसँग थाहा पाउनुपर्छ ।

डाइटिङको यो तरिकाले तपाईंको शरीरमा चढेको अतिरिक्त बोसोलाई घटाउन मद्दत गर्नुका साथै तपाईंलाई जे मन लागेको छ त्यो खाने अनुमती पनि दिन्छ । डाइटिङको यो विधिलाई इन्टरमिटेन्ट फास्टिङ भनिन्छ । यसको मूल सिद्धान्त एक निर्धारित अवधिका लागि क्यालोरीको सेवनलाई प्रतिबन्धित गर्नु हो ।

तौल घटाउने पाँच साधारण नियम

पहिलाे नियम

यदि तपाईं इन्टरमिटेन्ट फास्टिङको पालना गर्न चाहनुहुन्छ भने तपाईंले पाँच नियमको पालना गर्नुपर्छ । पहिला यसलाई शून्य–क्यालोरी प्रतिबन्धको माध्यमले सुरु गर्नुपर्छ । यसका लागि तपाईंले एकदिन केही नखाई ९ब्रत० र अर्को दिन आफूलाई मनपर्ने खाना खानुपर्छ । तपाईं ब्रत बसिरहेका बेला तरल पदार्थ मात्र खान सक्नुहुन्छ ।

दोस्रो नियम

इन्टरमिटेन्ट फास्टिङको पालना गर्नका लागि दोस्रो तरिका क्यालोरी प्रतिबन्धका साथ हुन्छ । यो विधिमा पनि तपाईंले एकदिन ब्रत बस्नुपर्छ भने अर्को दिन खाना खानुपर्छ । ब्रत बसेका बेला तपाईंले पानी र हर्बल चियामात्रै पिउनुपर्नेछ । त्यो दिन तपाईंको क्यालोरीको मात्रा शून्य हुनुपर्छ ।

तेस्रो नियम

इन्टरमिटेन्ट फास्टिङको तेस्रो रुप तपाईंले समय–प्रतिबन्धित खानाको नियम पालना गर्नुपर्ने हुन्छ । तपाईंले दिनमा ६ देखि ८ घण्टाको फरकमा खाना खानुपर्छ र अरु समयमा केही पनि खानुहुँदैन । यस्तो गर्दा तपाईंको मेटाबोलिजममा सुधार हुनेछ र तपाईंको शरीरलाई अत्यधिक प्रभावकारी ढङ्गले क्यालोरी बर्न गर्न मद्दत मिल्छ ।

चौथो नियम

चौथो इन्टरमिटेन्ट फास्टिङ डाइट प्याटर्नले तपाईंलाई हप्तामा ५ दिन खाना र २ दिन ब्रत बस्ने अनुमति दिन्छ । तपाईंले ब्रत बस्दा आफ्नो क्यालोरी सेवनलाई ५ सय क्यालोरीमा मात्रै सिमित राख्नुपर्छ र जब तपाईंले खान अनुमती पाउनुहुन्छ तब थोरै मात्र खानुहोस् ।

पाँचौ नियम

पाँचौं तथा सबैभन्दा लोकप्रिय इन्टरमिटेन्ट फास्टिङको विधिमा तपाईंले हप्ता वा महिनामा एकपटक ब्रत बस्नुपर्छ । अन्य दिनमा तपाईंले मध्यम खाना नै खानुपर्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *