जुम्लामा चन्द समूहका एक कार्यकर्ता पक्राउ
२०७७ जेठ २४ गते

खलङ्गा । जुम्लामा नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए।
उनलाई सिञ्जामा मसाल जुलुस गरी एमसिसीसहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरी रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०७७ जेठ २४ गते
प्रतिक्रिया








