बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । भारतबाट आएर बाजुराको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-७ स्थित मष्टा आधारभुत बिद्यालयको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । शुक्रबार साँझदेखि खाना नखाएको र राती एक्कासी उनको मृत्यु भएको वडाअध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । मृतक पुरुष २५ बर्षदेखि भारतमा रोजगारीका लागि जाँदै गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने छ । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *