ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गुल्मी र पोखराका दुई जना कोरोना संक्रमितको ह्याम्स अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गरेको हो । उपचाररत संक्रमितहरु ६० र ७६ वर्षका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको प्रेस ब्रिफिङका क्रममा थप २७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए । उनले संक्रमितमध्ये दुई जना काठमाडौंमा उपचाररत रहेको पनि बताएका थिए ।

आज २७८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ भने ३३३ जना उपचारपछि संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =