कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना पुष्टि

काठमाडौँ । कर्णाली प्रदेशमा थप एक सय जनामा कोरोना भाइरस (कोभिडभ १९) संक्रमण पुष्टि भएको छ ।

त्यहाँको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले एक सूचना जारी गर्दै थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै प्रदेशमा संक्रमित संख्या ४८९ पुगेको महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

महाशाखा प्रमुख तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *