क्‍वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेकाहरूको पीसीआर परीक्षण नहुने

काठमाडौं । सरकारले क्‍वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेकाहरुको पीसीआर विधिबाट परीक्षण नगर्ने भएको छ ।

क्वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेका व्यक्तिको कोरोना भाइरसको परीक्षण पीसीआर विधिबाट नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणसम्बन्धी बनाएको नयाँ निर्देशिमा उल्लेख छ ।

क्वारेटाइनमा रहेका व्यक्तिमा कोभिडका लक्षण देखिएकालाई मात्रै आरटी–पीसीआर गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । क्‍वारेन्टाइनमा रहेकाहरूमा श्वासप्रश्वास र कोरोना भाइरसका कुनै पनि लक्षण नदेखिएमा त्यतिकै घर पठाउन सकिनेछ तर यस्ता व्यक्तिलाई हालका लागि आरडीटी परीक्षण मात्रै गरिने छ । यद्यपी आरडिटी परिक्षणलाई हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन।

फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सफाइ कर्मचारीहरूलााई समेत श्वासप्रश्वासमा समस्या भए र लक्षण देखिए आरटी–पीसीआर परीक्षण गर्ने उल्लेख छ । निर्देशिका अनुसार ज्वरो, श्वासप्रश्वासमा समस्या, संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको भएमा मात्र आरटी पीसीआर माध्यमबाट परीक्षण गरिनेछ ।

नेपालमा हालसम्म संक्रमण पुष्टि भएका ८० प्रतिशत भन्दा बढी क्वारेन्टाइनमा नै बसेका छन् । यसका साथै संक्रमण देखिएकाहरुमा पनि ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *