कोशी अस्पतालबाट २७ जना काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत थप २७ जना कोरोना भाइरस (कोभिड १९( संक्रमित डिस्चार्ज भएका छन् । पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि ४ जना स्वास्थ्यकर्मीसहित २७ जनालाई आज (बिहीबार) दिउँसो डिस्चार्ज गरिएको हो ।

उदयपुरका १ महिला र २ पुरुष गरी ३ जना, झापाका ७ पुरुष, मोरङका १ महिला र ५ पुरुष गरी ६ जना, सुनसरीका ४ पुरुष, धनकुटाका २ पुरुष र २ महिला गरी ४ जना, खोटाङका १ पुरुष र सप्तरीका २ पुरुष डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

हाल १५ जना बिरामी उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *