नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार श्वास प्रश्वासमा समस्या देखिएपछि मिसन अस्पताल भर्ना भएका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक पुरुष ५ दिनअघि भारतबाट आएका थिए । उनी क्वारेन्टाइनमा बसेका थिए । श्वास प्रश्वासमा समस्या भएपछि मिसन अस्पताल भर्ना भएका उनको २० गते मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकाे थियाे । उनकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *