रौतहटमा एकैदिन ६५ जनामा काेराेना पुष्टि, कसैमा देखिएकाे छैन काेराेनाकाे लक्षण !

काठमाडौं । रौतहटमा आज (बिहीबार) एकैदिन थप ६५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकरएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको प्रशासकीय अधिकृत शशि मोहन दासले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन । सबैलाई अस्पताल लैजाने तयारी थालिएको छ ।

योसँगै रौतहटमा संक्रमित हुनेको कुल संख्या ३८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको विवरण अनुसार नेपालमा हालसम्म २३०० छ, जसमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २७८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *