४ स्वास्थ्यकर्मीसहित कोशी अस्पतालमा उपचाररत २८ जना कोरोनामुक्त, आजै डिस्चार्ज गर्ने तयारी

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत थप २८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामी उपचारपछि संक्रमणमुक्त भएका छन् ।

सक्रमण मुक्त भएका २८ जनालाई आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

‘पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि ४ जना स्वास्थ्यकर्मीसहित २८ जनालाई डिस्चार्ज गर्न लागिएको हो । उहाँहरुलाई दिउँसो ३ बजे डिस्चार्ज गर्ने तयारी भइरहेको छ’, डा. मिश्राले भनिन् ।

योसँगै प्रदेश १ बाट कोरोनामुक्त हुनेको संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *