सुर्खेतको क्वारेन्टिन बसेका युवकको आज विहान मृत्यु

काठमाडौं । भारतबाट आएर सुर्खेतको क्वारेन्टिनमा बसेका एक युवकको आज विहान निधन भएको छ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका १९वर्षिय एक युवकको मृत्यु भएको हो ।

ती युवा पन्चपुरी नगरपालिका वडा नम्बर १ का रहेको र उनको आजै विहान घरमै मृत्यु भएको छ ।

ती युवक गत जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । मृतक युवाको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *