भारतबाट शक्तिशाली चक्रवात निसर्गकाे नेपाल प्रवेश, नेपालमा कस्ताे प्रभाव पार्ला ?

काठमाडाैं । प्रि-मनसुनकाे शुरूवातसँगै शक्तिशाली चक्रवात निसर्गकाे प्रवेशले आगामी शनिबारसम्म मुलुककाे माैसम प्रतिकूल हुने जन तथा माैसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ । हिजाे बुधबार दिउसाेबाटै नेपाल प्रवेश गरेकाे चक्रवात निसर्गले वर्षा गराएकाे छ ।

अहिले नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखा परिरहेको छ। निसर्ग चक्रवात विस्तारै कमजोर भै भारतको भू-भाग हुँदै पश्चिम/मध्य नेपाल तर्फ बाट नेपाल प्रवेश गरेकाे महाशाखाकाे भनाइ छ । यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

विभागकी मौसमविद् मञ्जु बासीका अनुसार भारततर्फ आइरहेको यो चक्रवातले नेपालमा प्रत्यक्ष नभइ आशिंक प्रभाव पार्ने देखिन्छ। “यसले बिहीवार, शुक्रवार र शनिवार अलि बढी नेपालमा प्रभाव पार्ने देखिन्छ। नेपालका अधिकांश भू-भागहरूमा यसले वर्षा गराउन सक्छ साथै उच्च पहाडी तथा हिमाली भूभागमा पनि यसले हिमपात गराउने सम्भावना छ।” उनकाे तर्क छ ।

झण्डै दुई साता अघि बङ्गालको खाडीमा विकसित भएको अम्पन नामक शक्तिशाली आँधीका कारण भारत र बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित भएका थिए। उक्त चक्रवातका कारण ती दुई देशमा कम्तीमा ८४ जना मारिएका विवरण आएका थिए।

आगामी शनिबार सम्म देशका अधिकांश स्थानहरुमा बदली भई हल्का देखि मध्यम मेघ गर्जन/चट्याङ सहितको वर्षा हुन सक्ने सम्भावना छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना देखिएकोले महाशाखाकाे पूर्वानुमान छ ।

अरब सागरको दक्षिणपुर्वी भु-भागमा २०७७-०२-२० गते राती बिकसित भएको ‘निसर्ग’ नामाकरण गरिएको चक्रपात (२०७७-०२-२१) गते नेपाली समयअनुसार दिउँसो १२:४५ बजे देखि २:४५ बजे सम्ममा भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशाली सामुन्द्रिक चक्रपातको रुपमा जमिनमा प्रवेश गरिसकेको थियाे ।

चक्रवातको अवस्थितिः १८.५ अक्षांश,७३.२देशान्तर, चक्रवातको गतिः २३ कि.मि. प्रति घण्टा, अनुमानित हावाको अधिकतम गतिः १०० देखि १२० कि.मि/घन्टा मापन गरिएकाे छ ।

निसर्ग चक्रवात भारतको अलिवाग नजिकै, मुम्बई बाट ७५ कि.मी र पुणे बाट ६५ कि.मी टाढा रहेको छ। त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तर पूर्वी दिशातर्फ मोडिने संभावना छ। हाल यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ। देशको खासगरि मध्य र पूर्वि क्षेत्रहरुमा अधिकाशं बदलि रहि केहि ठाउँहरुमा हल्का वा मध्यम वर्षा भएको अवस्था छ।

गएराती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ बाहेक बाँकि प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भएको छ ।

आज जेठ २२ गते (विहीबार) सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २३ गते (शुक्रबार) दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाँकी प्रदेशका भू-भागमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *