दाङका एक कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं । दाङका कोरोना भाइरस (कोभिड १९) संक्रमित एक ३० वर्षीय पुरुषको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको छ । बुटवल कोरोना आइसोलेसन अस्पतालमा उपचाररत दाङको बबई गाउँपालिका–६ का ३० वर्षीय युवाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा सारिएको हो ।

कोरोना संक्रमणसँगै डेंगी पनि देखिएपछि आइसीयूमा राखेर उपचार थालिएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार बिरामीलाई कोरोना र डेंगीको संक्रमणसँगै ज्वरो र निमोनिया देखिएको छ ।

मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि दाङको बेलझुण्डी अस्पतालमा रहेका ती संक्रमित युवालाई बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको बुटवल धागो कारखानास्थित कोरोना अस्पतालको आइसियूमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *