सम्पर्कमा छैनन् टोखाका कोरोना संक्रमित, अन्याैलमा नगरपालिका !

काठमाडौं । काठमाडौंको टोखाका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि नगरपालिकाले संक्रमितलाई खोज्न सुरू गरेकाे छ ।

टोखा नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलका अनुसार संक्रमित व्यक्तिको विवरण हालसम्म पत्ता लाग्न सकेकाे छैन । ती संक्रमितले व्यक्तिगत रुपमा आफैँ अस्पताल गएर परीक्षण गराएका कारण उनको विवरण हालसम्म पुष्टि हुन नसकेको उनको भनाइ छ ।

‘टोखाको एक जनामा संक्रमण पुष्टि भन्ने जानकारी आएको छ । संक्रमित आफैँ परीक्षण गराउन गएका कारण कुन वडाको हाे भन्ने समेत पुष्टि हुन सकेको छैन’, उप–प्रमुख डंगोलले मकालु खबरसँग भनिन्, ‘उहाँसँग सम्पर्क हुन सकिरहेको छैन । हामी पनि अन्यौलमा छौँ । खोजी गर्दैछौँ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज काठमाडौं मेडिकल कलेज र टोखाका गरी ३ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *