एनआईसी एसिया बैङ्कमा अनलाइनमार्फत खाता खोल्न थप सहज

काठमाडौँ । एनआईसी एसिया बैङ्कले अनलाइन खाता खोल्न थप सहजता प्रदान गरेको छ । बैङ्कले ग्राहकको सुविधालाई ध्यान दिँदै खाता खोल्न चाहने हरुका लागि थप सहजता प्रदान गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला अनलाइन खाता खोल्ने ग्राहकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको भन्दै बैङ्कले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकले खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।

बैङ्कका अनुसार खाता खोल्नको लागि ग्राहकले सर्वप्रथम इमेल, नाम, मोबाइल नम्बर, जन्म मिति, शाखा जस्ता विवरण भरिसकेपछि दोस्रो चरण पूरा गर्नका लागि बैङ्कबाट इमेल प्राप्त गर्नेछन् । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण भर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो डकुमेन्ट समेत सहज रूपमा अपलोड गर्न सक्नेछन् । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ ।

विदेशमा रहेका ग्राहकलाले इमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि अनुरोध गर्न सक्ने बैङ्कले जनाएको छ । यो प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् । तर बैङ्कले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । तसर्थ, अब ग्राहकले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखी बैङ्कको वेबसाइटमा गई अनलाइन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

यसरी अनलाइन खाता खोलेका ग्राहकले लकडाउन अवधिसम्म मोबाइल बैङ्किङमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन् । यसै गरी यस लकडाउनको अवधिमा ग्राहक ले घरमै बसी आफूलाई चाहिने खाद्य सामग्री बैङ्कको मोबाइल बैङ्किङ वा डेबिट/क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाइन स्टोरहरूबाट खरिद गर्दा १०% वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

अनलाइन खाता खोली मोबाइल बैङ्किङ वा बैङ्कको कार्डहरू मार्फत भुक्तानी गर्दा ग्राहकले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ । साथै डायमन्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात् खाता खोल्ने ग्राहकलाई रु. २१ लाखसम्मको बिमा सुविधा पनि प्रदान गरिनेछ र सो बिमा सेवा बापत लाग्ने बिमा शुल्क बैङ्क आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरूको विस्तृत जानकारी बैङ्कको वेबसाइटबाट पनि प्राप्त गर्न सकिने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *