कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप एक जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको हो ।

संक्रमणबाट ज्यान गुमाउनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । उनी टिचिङ अस्पतालकाे आइसीयूमा उपचाररत थिए । उनको आज मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *