एक वर्षीय बालकसहित एकैदिन थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज (बुधबार) थप २०१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लाका थप २०१ जनामा संक्रमण पुष्टि भएको हो । धनकुटामा १, सप्तरीमा १, ताप्लेजुङमा ३, झापामा १, पाँचथरमा १, सुनसरीमा ७, पर्सामा ७, दैलेखमा ७, सल्यानमा ३, मोरङमा २, तेह्रथुममा १, सुनसरीमा १, कैलालीमा ३, डोटीमा २, कपिलवस्तुमा ६७ र पाल्पामा २ जनामा संक्रमण पुष्टि भएकाे प्रवक्ता देवकाेटाले जानकारी दिए ।

त्यस्तै रूपन्देहीका २६, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौं मेडिकल कलेज र टोखाका ३, नवलपरासीका ८, रौतहटका ११, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएकाे छ ।

थप २०१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेकाे छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ भने २७८ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *