नवलपरासी पश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • रबिन्द्र यादव

नवलपरासी । नवलपरासी पश्चिममा बुधबार एकैपटक ८ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणका क्रममा बर्दघाटमा १ र पाल्हीनन्दनमा ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बर्दघाटमा वडा नम्बर १६ का २४ वर्षिय युवकमा कोरोना पुष्टि भएको छ । उनी भारतबाट आएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपसी पश्चिमका जन स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिए ।

यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्बर ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय पुरूषहरू छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बई बाट आएका थिए ।

गाँउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) ले अहिले उनीहरुलाई छुट्टै राख्ने काम भइरहेको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयले उनीहरु कसरी नेपाल आए, सिधै क्वारेन्टाईनमा गए वा अन्य व्यक्तिको सम्पर्कमा आएको भन्ने बारे कन्ट्याक्ट ट्रेसिङ गरेपछि थाहा हुने उनले बताए ।

नवलपरासी पश्चिममा पहिलो पटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो । यसअघि जिल्लामा कुल ७ जनामा कोरोना पुष्टि भएको थियो । बर्दघाट र पाल्हीनन्दनमा भने आज पहिलो पटक संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या १५ पुगेको छ भने तीन जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *