चार महिने शिशुसहित कर्णालीमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

त्यहाँको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार सल्यानका दुई जना पुरुष, दैलेखका ७ जना पुरुष, कालिकोटमा चार महिने शिशु र एक महिला सहित ७ जनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार महिने शिशुसहित १३ जना र सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *