‘लकडाउनका बेला कर तिर्नुपर्ने सरकारी सूचना अमानवीय’ पूर्वमन्त्री बोहरा

काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले लकडाउनका बेला जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन ।

बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका छन् । नेता बोहरा लेख्छन–‘लकडाउनका कारण व्यवसाय ७२ दिन देखि ठप्प छ । तर सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको छ ।’

उनले सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत रहेको बताएका छन् । ‘लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ– सच्याऔं ।’ बोहराले लेखेका छन् ।

यसअघि अर्थ मन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।

अर्थ मन्त्रालयले लकडाउनका बेला कर बुझाउन ताकेता गर्दै सूचना नै प्रकाशित गरेपछि त्यसको चौतर्फि विरोध भइरहेको छ । उद्योगी ब्यापारीहरुका संघ संस्थाहरुले असार पन्ध्र पछाडीको भाका माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *