बैंक अफ काठमाण्डूद्वारा वीर अस्पताललाई २०० थान पीपीई सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वीर अस्पताललाई २०० थान पीपीईलगायत स्वास्थ्य समाग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व नीति अन्तर्गत वीर अस्पताललाई २०० थान पीपीई, २०० थान मास्क र २०० थान फेस सिल्ड सहयोग गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उप कुलपति डा. देव नारायण शाहलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *