चिकित्सक माथि आक्रमणको विरोधमा वीपीका उपकुलपतिलाई ज्ञापनपत्र

  • भरतराज शर्मा (गोपाल)

धरान । काठमाडौं स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा देशभरीका डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

सोहि क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्टल वेलफेयर सोसाईटीले आइतबार एकताबद्धता जनाएका छन् ।

प्रतिष्ठानको प्रतिष्ठानका जुनियर रेसिडेन्टल वेलफेयर सोसाईटीले उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई ज्ञापनपत्र बुझाउँदै ऐक्यवद्धता प्रकट गरेको हो ।

गत जेठ १४ गते नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाहीको मागगर्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा उत्रिएकोमा प्रतिष्ठानका चिकित्सकहरुले पनि ऐक्यवद्धता जनाएको डा. देव घिमिरेले मकालु खबरलाई बताए ।

आइतबार सोसाईटीका अध्यक्ष डा. कविराज पौडेलको टोलीले डाक्टरमाथि कुटपिटको विरोधमा दोषीलाई कार्वाहीको मागगर्दै आन्दोलनमा उत्रिनुका साथै उपकुलपति डा. गिरीलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने भनिएको छ । उनीहरुले स्वास्थ्यकर्मीहरुले कार्यक्षेत्रमा असुरक्षाको महशुष गरेको भन्दै नेपाल मेडिकल कलेजमा भएको घटनाका दोषीलाई पहिचान गरी तत्काल कार्वाही बढाउनु तथा आफुहरुले बिगतमा उठाउदै आएको जेल बिथ आउट बेलको माग पुरा गर्न भनेका छन् ।

सोसाईटीका अध्यक्ष डा. कविराज पौडेल सचिव डा. रौनक दाहालको संयुक्त हस्ताक्षरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिष्ठानका शिक्षाध्यक्ष, अस्पताल निर्देशकलाई मेत बोधार्थ दिइएको छ ।

उनीहरुले ४८ घण्टा भित्र दोषीलाई कार्वाही नभए आफुहरु कडा आन्दोलनमा उत्रिने समेत बताएका छन् । सोसाईटीले भोलीबाट प्रतिष्ठानमा कार्यरत आवासीय चिकित्सक तथा मेडिकल अफिसरहरुलाई बिरोध स्वरुप कालोपट्टी बाँधी काम गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fourteen =