गण्डकी प्रदेशः थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा २ जना र तनहुँको रिसिङ गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *