नेपाल–भारत पत्रकार युनियनको अन्तराष्ट्रिय उपाध्यक्षमा मकालु खबरकर्मी

काठमाडौं । भारत र नेपालका पत्रकारहरुको मैत्री संस्था भारत नेपाल पत्रकार युनियनको निर्वाचन मार्फत मकालु खबरकर्मी भरतराज शर्मा (गोपाल) अन्तराष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सुनसरीलाई कार्यथलो बनाएर विगत एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका शर्मालाई नेपाल भारत सम्मिलित पत्रकारहरुको शनिबार राती सम्पन्न निर्वाचनले अन्तराष्ट्रिय उपाध्यक्षमा निर्वाचित गरेको हो । भरतराज शर्मा मकालु खबरमा स्थापना कालदेखि आबद्ध छन् ।

नव निवाचित कार्य समिति २१ सदस्य रहेको छ । जसमा अर्का अन्तराष्ट्रिय उपाध्यक्षमा भारतका पत्रकार सपन कुमार आकाश, सचिवमा जिबछ मिश्रा, सहसचिवमा राम कुमार सागर, अभिषेक कुमार राय, कोषाध्यषमा संदिप कुमार तथा अन्तराष्ट्रिय कार्यकारी सदस्यहरुमा डा. मौ.गौहर अंसारी, हरीकान्त प्रसाद गुप्ता चयन भएका छन ।

त्यस्तैगरी युनियनकै राष्ट्रिय उपाध्यक्ष जुन भारतभित्र मात्र रहनेछ सो पदहरुमा भने भारतका पत्रकार अरुण शाह, रबि कुमार सोनी, उप सचिवमा कृष्ण देव राय तथा सदस्यहरुमा रमेश कुमार, फणिन्द्र मणी त्रिपाठी, राजीव रंजन सिंह र राजेश सोनी चयन भएका छन् ।

त्यस्तै गरी नेपालको तर्फबाट २ नं. प्रदेशमा रञ्जन कुमार भण्डारी, भारतको मध्य प्रदेश अध्यक्षमा मनोहर सोनी, बिहार प्रदेश सचिवमा श्याम गोपाल, उपसचिवमा कलिम अख्तर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार सोनीले बताए ।

दुई वर्षअघि स्थापना भएको नेपाल–भारत पत्रकार युनियनले भारत र नेपालमा रहेका जुनसुकै पत्रकारहरुलाई आवश्यक सहयोग र सहकार्य गर्न सहयोगी भुमिका खेल्ने उद्देश्य लिएको छ । निर्वाचित पदाधिकारीहरुले राज्यस्तर, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा पत्रकारिता क्षेत्रका विविध विषयहरु अगाडी बढाउने छ ।

नेपाल–भारत पत्रकार युनियनको अध्यक्ष लगायत अन्य सचिवालयको निर्वाचन चलिरहेको निर्वाचन अधिकृत राजुकुमार सोनीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *