विद्युतीय सवारीमा बढाइएको कर फिर्ता लिन न्यू इनर्जी भेइकल एशोसिएसनको माग

काठमाडौं । न्यू इनर्जी भेइकल एशोसिएसनले सरकारले वृद्धि गरेको करफिर्ता लिन माग गरेको छ । सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी विद्युतीय सवारी साधनमा कर वृद्धि गरेपछि विद्युतीय सवारी व्यवसायीहरूले त्यसको विरोध गरेका हुन्।

न्यू इनर्जी भेइकल एशोसिएसनले आज विज्ञप्ती जारी गर्दै विद्युतीय सवारीमा बजेटमार्फत् सरकारले बढाएको करको विरोध गर्दै अर्थमन्त्रालयले बढाएको कर तत्काल फिर्ता लिन माग गरेको छ ।

१५ जेठमा संघीय संसद्‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधानको कर बढाउने घोषणा गरेका थिए। विद्युतीय सवारी साधानको प्रयोगले खेर गईरहेको विद्युत खपत, व्यापार घाटा र वातावरण प्रदुषणजस्ता विषयलाई सम्बोधन गर्ने उनीहरूको भनाइ छ।

एशोसिएसनले कर बढाएपछि वातारणमैत्री र व्यापार घाटा न्यूनीकरण गर्ने विद्युतीय सवारीको बिक्री घट्नेसमेत बताएको छ।

“मुलुक विद्युतमा आत्मनिर्भर हुँदै आउँदा नेपाली जनताबीच लोकप्रिय हुँदै गएको विद्युतीय सवारी साधानमा कर बढाउँदा सरकारले अबलम्बन गरेको विद्युतीय सवारी साधन प्रोत्साहन नितीको खिल्ली उडाएको छ।’ एशोसिएसनद्वारा जारीविज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *