संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि काँग्रेस केन्द्रीय समितिमा छलफल

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत बैठकमा यस्तो प्रस्ताव आएको जानकारी दिएका छन्।

‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरेर नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसद्मा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ’, प्रवक्ता शर्माले भनेका छन्, ‘केन्द्रीय समितिमा सुस्पष्ट प्रस्ताव।’

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सरकारले अध्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेको छ। प्रतिनिधिसभामा काँग्रेसका ६३ सांसद छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *