कुन स्थानीय तहलाई कति बजेट ? हेर्नुहोस् सूची

काठमाडौँ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि संसद्मा पेस गरेको बजेटमा २ खर्व ६३ अर्व ७५ करोड स्थानीय तहका लागि छुट्ट्याएका छन्।

अर्थमन्त्री खतिवडाले ६ वटा महानगरपालिका लागि ९ अर्व ४७ करोड, उपमहानगरपालिकाका लागि ९ अर्व ९ करोड, नगरपालिकाका लागि एक खर्व १५ अर्व ९८ करोड विनियोजन गरेको छन्। गाउँपालिकाका लागि एक अर्व २८ करोड १९ लाख विनियोजन गरेको छ।

प्रदेश र स्थानीय तहका लागि सरकारले समानीकरण, सःसर्त, विशेष र समपूरक गरी चार किसिमको बजेट छुट्ट्याइएको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले ३ खर्व ६२ करोड ६३ करोड विनियोजन गरेको छ।

आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ। आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ। त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ।

[wp-embedder-pack url=”http://www.makalukhabar.com/wp-content/uploads/2020/06/बजेट_वक्तव्य_२०७७_website.pdf” width=”100%” height=”500px” download=”all”][/wp-embedder-pack]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *