डब्लुएचओसँगको सम्बन्ध तोडेको राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँग अमेरिकाको सबै सम्बन्ध सम्बन्ध तोडेको बताएका छन् । कोरोना संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण गरेको आरोप लगाउँदै ट्रम्पले डब्ल्युएचओसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘ब्यापक सुधार गर्न गरिएको अनुरोधमा पनि ऊ असफल भयो, आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं ।’ उनले अहिले डब्ल्युएचओ अहिले पूर्णरुपमा चीनको नियन्त्रणमा रहेको बताउँदै अमेरिकाले धेरै पैसा सहयोग गर्नुको कुनै अर्थ रहेको बताए ।
ट्रम्पले कोरोना भाइरस शुरु भएपछि नै चीनमाथि कडा प्रहार गर्दै आएका थिए । चीनले महामारी नरोकेको र विश्वभर कोरोना फैलाएको आरोप लगाउदै आएका छन् । उनले यस अघि ३० दिनको अल्टिमेटम दिदै सुधारको प्रतिबद्धता गर्न आग्रह गरेका थिए ।








