नेपाल–भारत सीमा विवादः यसो भन्छन् परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादबारे भारतसँग वार्ताका लागि तयार रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा मन्त्री ज्ञवालीले नेपाल–भारत सीमा विवादबारे भारतसँग वार्ताका लागि औपचारिक मिति र मोडालिटीको पर्खाइमा रहको बताए ।

सरकारले भूमि फिर्ता गर्ने गरी नै वार्ताको तयारी समेत गरेको बताउँदै उनले भने, ‘सिंगो देश एकताबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिरहेको र त्यसमा शंका नगरौँ । भूमि फिर्ता गर्ने गरी नै हामीले यी सबै कुराहरु गरेका हौं। वार्ता हामी गर्छौँ, प्रतिक्षा गरिरहेका छौँ वार्ताको औपचारिक मितिकाे ।’

बैठकमा सांसदहरुले सीमा समस्या समाधानबारे के भइरहेको छ ? नेपालको भूमि फिर्ता आउँछ कि आउँदैन ? भारतले शर्त राखेको सुनिन्छ, के हो ? भन्ने जस्ता प्रश्न सोधेका थिए । त्यसैकाे जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले यस्ताे आश्वासन दिएका हुन् ।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरी सडक बनाएपछि नेपालले आफ्नो राजनीतिक नक्सा जारी गरेको थियो । यद्यपी भारतले नेपालको नक्सा स्वीकार्य नहुने बताएको छ । नेपालले नक्सा जारी गरेपछि नेपाल र भारत दुवैतर्फ विराेध उठिरहेकाे छ । भारत र भारतीय जनताले आफ्नो भएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *