नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ पुग्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

उनको मृत्यु जेठ १० गते भएको थियो । उनी भारतमा काम गर्थे । भारतबाट फर्कने क्रममा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनको नेपाल प्रवेश भएसँगै जेठ ११ गते थ्रोट स्वाब स्याम्पल लिइएको थियो ।

हिजो आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । ती मृतककाे दाहसंस्कार भइसकेकाे छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *