नेपालमा कोरोनाः शुक्रबार मात्रै १७० थपिए, संक्रमित संख्या १२१२ पुग्यो

काठमाडौं । शुक्रबार एकैदिन नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप १७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२१२ पुगेको छ । झापामा २८, सप्तरीमा ४, बारामा ४,पर्सामा ५, सर्लाहीमा १, म्याग्दीमा १, बाँकेमा १०, कपिलवस्तुमा ८४, रौतहटमा ५६, सर्लाहीमा ४, दाङमा २ र कपिलवस्तु ९ संक्रमित थपिएका हुन् ।

हालसम्म संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । आज १९ जना डिस्चार्ज भएसँगै संक्रमुक्त हुनेको संख्या २०६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *