घटेन कोरोना कहर : एकैदिन ५ हजारको मृत्यु, १ लाख १६ नयाँ संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार बढीको मृत्यु भएको छ भने १ लाख १६ हजार बढी संक्रमित थपिएका छन् ।

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बिहीबार विश्वभर एकलाख १६ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । यो एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । यसैगरी विहिबार कोरोना संक्रमणबाट विश्वभर ५ हजार ६१ जनाले ज्यान गुमाएका छन् । योसँगै कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या भर ३ लाख ६१ हजार ५ सय ४९ पुगेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ५९ लाख ९ सयभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म २५ लाख ७७ हजार २५० निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २१३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३२० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ३१३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख ६८ हजार ११६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ६७६ जना उपचारपछि निको भएका छन् ।

ब्राजिलमा ४ लाख ३८ हजार ८१२ जना संक्रमित भएका छन् भने २६ हजार ९९१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ९३ हजार १८१ जना ठिक भएका छन् । बेलायतमा अहिलेसम्म २ लाख ६९ हजार १२७ कुल संक्रमित भएका छन् भने ३७ हजार ८३७ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३१ हजार ७३२ जना कुल संक्रमित भएका छन् भने ३३ हजार १४२ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५० हजार ६०४ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ८६ हजार २३८ कुल संक्रमित भएका छन् भने २८ हजार ६६२ जनाको मृत्यु भएको छ । यसैबीच ६७ हजार १९१ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ८४ हजार ९८६ कुल संक्रमित भएका छन् भने २७ हजार ११९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् । बेल्जियममा ५७ हजार ८४९ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३८८ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार ५७२ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *