कोभिड १९ : एल जीको ४ लाख सम्मको १२ महिने बीमा अफर

काठमाडौं । एलजी कम्पनीले ४ लाखसम्मको बिमा योजना ल्याएको छ । कोरोना भाइरस कोभिड १९ को प्रकोपलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो । कम्पनीले विभिन्न क्षेत्रमा गर्दै आएको सामाजिक कार्य तथा हाल आएर नेपालमा फैलिएको कोरोना भाईरसबाट आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै उक्त कोरोना भाईरस बीमा गर्ने व्यवस्था गरेको हो ।

यस कार्यक्रममा ग्राहकहरुले अनलाईन मार्फत बुकिङ तथा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनी र बीमा कम्पनी विच भएको शर्त तथा योजना अनुसार सम्पूर्ण जानकारी गराउने व्यवस्था गरेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरि सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै ४ लाख सम्मको कोरोना भाईरस बीमा गर्न सक्ने जानकारी दिएको छ ।

उक्त बीमा प्रक्रियाको सम्पुर्ण जानकारी आफ्नो वेवसाईट मा राख्ने कम्पनीले जनाएको छ । यो योजनाको सम्पूर्ण विवरण कम्पनीको अनलाईन वेवसाईट www.cgdigital.com.np / www.lgnepal.com  मा गएर हेर्न सकिने कम्पनीले बताएको छ ।

उक्त कार्यबाट हाल नेपालमा पनि महामारीको रुपमा आएको कोरोना भाईरसबाट सर्वसाधारण ग्राहकको साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । यस योजनमा ग्राहकले विना कुनै झ्नझ्ट सहभागि हुन सक्नेछन् । यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको छ । यस योजनामा ग्राहकले आफुलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्न सक्नुको साथै आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाईमा पर्ने कम्पनीले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *