पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि मात्रै १२ अर्ब २१ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ ।

संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । पूर्व पश्चिम राजमार्ग विस्तारका लागि मात्रै १२ अर्ब २१ करोड बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइन थप गर्ने बताएको छ । वैकल्पिक उर्जा कार्यक्रमका लागि मात्रै ४ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *