खानेपानी मन्त्रालयमा ४३ अर्ब १० करोड बजेट, मेलम्ची खानेपानीकाे काम चालु आ.ब.भित्रै सकिने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजना चालु आर्थिक वर्षमै सकिने बताएका छन् ।

संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्ने क्रममा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

खानेपानी मन्त्रालयमा मात्रै सरकारले यो वर्ष ४३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा काठमाडौंमा दोस्रो चरणको कार्यको लागि मात्रै ५ अर्ब ४६ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *