स्वदेशी वस्तु प्रयोगमा प्रोत्साहन, विदेशी विलासी वस्तु आयातमा निरुत्साहित गरिने

काठमाडौं । सरकारले हानीकारक तथा विलासी वस्तु आयातमा निरुत्साहित गर्ने छ । विदेशबाट आयात गरीने यस्ता वस्तुहरु आयातमा कडाई गर्दै स्वदेशी उत्पादन प्रयोग गर्न प्रोत्साहन गर्ने भएको छ । चीया, कफी जस्ता अर्गानिक उत्पादनमा प्रोत्साहन गर्ने भनिएको छ ।
हस्तकलाको प्रचार प्रसार र निर्यातका लागि सार्क स्तरीय प्रर्दशनी स्थल निर्माण गरिने भएको छ ।
नेपालगञ्ज र भैरहवामा एकीकृत भन्सार जाँच कार्यालय स्थापना गरीनेछ । संघ तथा प्रदेशमा गरी ३ लाख १० हजार मेट्रिक टन खाद्य भण्डार निर्माण गर्ने, विकट पहाडी जिल्लाहरुमा खाद्य तथा नुन ढुवानीमा निरन्तरता दिइने भएको छ ।
मापदण्ड पुरा नगरेका वस्तुहरु आयातमा पूर्ण प्रतिबन्ध लगाईने भएको छ । खाद्यान्न तथा इन्धनको पर्याप्त भण्डारणमा ध्यान दिने भनिएको छ ।
प्रेटोलियम आयात, भण्डारण पाइपलाइन विस्तार तथा निर्माणमा ध्यान दिइने सरकारको योजना छ ।
चीनसँगको पारवहन सुविधा अन्र्तगत नेपालले पाएको ४ वटा पारवहन भन्सार सेवा अन्र्तगत अन्य देशहरुसँगको ब्यापार बजार बढाइने भनिएको छ ।
कोरोना भाइरस महामारीका कारण धरासायी भएका उद्योग ब्यवसायको सिघ्र पुर्नउत्थान गर्ने कार्यक्रम तयार गरीएको छ । बैंक तथा वित्तीय संस्था गाभ्न प्रोत्साहन गरिने भएको छ । बैक तथा वित्तीय संस्थाहरुबाट दिइने सहुलियत कर्जाको ब्याजदर ५ प्रतिशत कायम गरिएको छ ।
लघुवित्त संस्थाहरुको दक्षता अभिबृद्दि गरी ब्याजदर यथार्थ परक बनाइने छ । कृषि तथा लघु उद्यममा सहयोग गर्ने कार्यक्रम छ ।
यातायातमा विमा पोलिसीको रकम लकडाउनभर थप गर्ने भनिएको छ ।
पुजी बजारको दायरा बढाइने छ । नेपाल स्कट एक्सचेन्ज लाई विद्युतिय बनाइने र संरचनात्मक सुधार गरीने डा। खतिवडाले बताए । निजी क्षेत्रको लगानी सुरक्षा गर्न आर्थिक पुर्नउत्थानको अभियान चाल्ने सरकारको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *