नदी नियन्त्रण र महाकाली सिँचाई आयोजनाका लागि बजेट विनियोजन
२०७७ जेठ १५ गते

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरव आयोजनाका रूपमा महाकाली सिँचाई आयोजना अघि बढाइने बताए। यसका लागि १० अर्व विनियोजन गरिएको उनले बताए।
यस्तै सुनकोसी मरिन डाइभर्सनका लागि २ अर्व ४६ करोड बजेट छुट्ट्याइएको छ। नदी नियन्त्रणका लागि ६ अर्व २० करोड बराबरको बजेट छुट्ट्याइएको बताए।
उनले भूमि बैंक र स्थापना गर्ने योजना मिलाएको बताए। भूमि बैंकका लागि ५० करोड सेयरको व्यवस्था मिलाएको उनले बताए। बिहीबार संसद्मा आगामी आर्थिक वर्ष २०७७/०७८ को पेस गर्दै अर्थमन्त्री खतिवडाले उक्त बजेट विनियोजन गरिएको बताए।
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








