गाउँघरमा घरेलु उद्योग, कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन

काठमाडौं । साना तथा घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गरीने भएको छ । अर्थमन्त्रीले चालू वर्षको बजेटमा बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गर्न साना तथा घरेलु उद्योग स्थापना गर्न बजेट विनियोजन गरीएको बताए ।
यसले कोरोना महामारी पछि स्वदेश फर्किएका युवाहरुलाई रोजगार बनाउन सहयोग पुग्नेछ । सहुलियत कर्जाका रुपमा पाइने उक्त अनुदानले गाउँघरमै घरेलु लघु उद्योग स्थापना भइ रोजगारी सृजना हुने र स्थानीय तहमा उत्पादन र उत्पादकत्व बढाइनेछ ।
राष्ट्रपति चूरे संरक्षण कार्यक्रमलाई स्तरोन्नती गरिने भएको छ । यसका लागि सरकारले आगामी वर्षका लागि रु १ अर्ब ५५ करोड रुपैंया विनियोजन गरेको छ ।
पर्यटन
पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव अन्त्य गर्न हवाई क्षेत्र, होटल, क्षेत्रमा कर सहुलियत दिने घोषणा गरीएको छ । पर्यटन क्षेत्रलाई पुनः स्थापित गर्न नयाँ पर्यटकीय क्षेत्रहरु विकास गर्न लगानी गर्ने छ ।
पर्यटन विश्वविद्यालयको संभाब्यता अध्ययन गरीने छ माध्यामिक तहमा पर्यटन विषय पढाइ हुने छ । गढि किल्ला र सास्कृतिक र ऐतिहासिक क्षेत्रको संरक्षण र पर्यटकीय स्थलका रुपमा विकास गरीने छ ।
कोरोनाको जोखिम सकिएसँगै कर्मचारी, राष्ट्र सेवकलाई देश दर्शन कार्यक्रम मार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा प्रोत्साहन गरीनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *