सं‌घ, प्रदेश र स्थानीय तहमा नदोहोरिने गरी कृषि अनुदान दिइने

काठमाडौँ। अर्थमन्त्री डा युवाराज खतिवडाले कृषि अनुदान पुनरावलोकन गरी सं‌घ, प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिइने बताएका छन्।  फलफूलका बिरुवा उत्पादन  गर्न १ करोड ५ लाख बजेट छुट्ट्याइएको बताए।

उनले रासायनिक मलमा अनुदान वृद्धि गरी ११ अर्व पुर्‍याइएको बताए। २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्व दिइने उनले बताए। चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गरिने छ। सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्ट्याइएको छ।

उनले एक स्थानीय तहमा एक पकेट क्षेत्र स्थापना गरिने बताए। त्यसका लागि ३ अर्व २२ करोड विनियोजन गरिएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *