आगामी वर्ष मुलुकको आर्थिक बृद्दिदर २.३ प्रतिशतमा रहने

काठमाडौं । आज संघिय संसदको संयुक्त बैठकमा आ.व. ०७७/०७८ को वार्षिक बजेट प्रस्तुत हुँदैछ । अर्थ, सुचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले चालू आवको बजेटको संक्षिप्त विवरण प्रस्तुत गर्दै यो वर्षको बजेट स्वास्थ्य सुरक्षा तर्फ केन्द्रीय रहेको बताएका छन् ।

कोरोनाको महामारीबाट नागरिकलाई बचाउनु सरकारको चुनौति रहेकोले यस वर्षको बजेट कोरोना रोकथाममा केन्द्रीत गरेको बताए ।

उनले नेपालको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु धरासायी भएको बताए । ‘२ दशकको अथक मेहनतबाट अगाडी बढेको अर्थतन्त्र कोरोना महामारीका कारण धरासायी भयो ।’ उनले भने । अर्थमन्त्री डा. खतिवडाले आगामी वर्ष मुलुकको आर्थिक बृद्दिदर २.३ प्रतिशतमा रहने बताए ।

कूल ग्राहस्थ उत्पादनको अनुपातमा कुल लगानी ५०.६ प्रतिशत र राष्ट्रिय बचत ४६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *