नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई एक थान पीसीआर मेसिनका लागि २८ लाख सहयोग

काठमाडौं । नबिल बैंकले कणाली प्रदेश सरकारलाई एक थान पीसीआर मेसिनका लागि २८ लाख २५ हजार सहयोगस्वरुप प्रदान गरेको छ ।

कोरोना भाइसरको परीक्षका लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्ग कर्णाली प्रदश अस्पतालको लागि वित्तिय सहयोग स्वरुप पीसीआर मेसिनका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा सो आधुनिक एवं उच्च क्षमताको मेसिन राखिने छ । उक्त मेसिनले छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग सहयोग पुग्ने र रोगको पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *