एकैदिन ११४ संक्रमित थपिए, उपचारपछि निको हुनेको संख्या १८३ पुग्याे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आज (बुधबार) कोे प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ११४ जनामा संक्रमण भएको पुष्टि गरे ।

प्रवक्ता देवकाेटाका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनाको पोजेटिभ आएको छ ।

त्यसैगरी हेटौँडाको किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा हेटौँडाका एक जना महिला, रौतहटका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका ६ जनामा संक्रमण देखिएको छ ।

यता दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको पोजेटिभ आएको छ । उनीहरु रुकुम पूर्वका ३ जना, दाङ घोराहीका ७ जना, दाङ लमहीका ८ जना रहेका छन् । त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप १६ जनाको पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ आएको छ । जसमध्ये सिरहाका २ जना, बाराका ७ जना, रौतहटका २९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ । संक्रमि ८८६ पुरूष र ९० जना  महिलामध्ये १८३ जना उपचारपछि निकाे भएर घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *