रुकुम पश्चिममा भएको घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न संसदीय समिति बनानाउन माग गरेको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाबारे छानबिन गर्न संसदीय समिति बनानाउन माग गरेहको हो।

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदले उठेर विरोध गरेका थिए। कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गर्न माग गरे। उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न पनि सरकारसँग माग गरे।

सांसद विश्वकर्माले घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा घटनाको तोडमोड गरिन लागेको भन्दै आपत्ति समेत जनाए। उनले उक्त घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ माग गरे। गत जेठ १० गते रूकुम पश्चिमको चौरजहारीमा प्रमिकाको घर पुगेका विकसहितलाई गाउँहरूले कुटपिट गरि हत्या गरेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *